२०८२, १६ चैत्र मंगलबार

भक्तपुरबाट चोरीको मोबाइलसहित चारजना पक्राउ

भक्तपुरबाट चोरीको मोबाइलसहित चारजना पक्राउ


भक्तपुर, ५ असोज: मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने २२ वर्षीय मनिष बस्नेत, भारत घर भई हाल सल्लाघारी बस्ने १८ वर्षीय अमोद चौधरी छन् ।

दोलखा गौरीशङ्कर गाउँपालिका घर भई हाल मध्यपुर थिमी नगरपालिका– ४ कमेरोटारमा डेरा गरी बस्ने प्रवीण कार्कीको मोबाइल चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा विभिन्न ठाउँमा चोरी गरिएको मोबाइलसहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी भक्तपुर नगरपालिका– २ ब्यासीका ४१ वर्षीय नरेशमान शिल्पकारलाई सरकारी रसिद किर्ते गरेको अभियोगमा पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका– ८ वडा कार्यालयमा मोही जग्गा बाँडफाँड सिफारिसबापतको रसिद र भक्तपुर जिल्ला अदालतको कोर्ट फि बापतको रसिदमा किर्ते गरेको उजुरीका आधारमा उहाँलाई पक्राउ गरी कारवाही अगाडि बढाएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

ललितपुर उपमहानगरपालिका– १० बस्ने सर्वज्ञभक्त मल्लले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप भएको पनि उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ६ : ०१ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक