२०८२, २२ चैत्र सोमबार

घरेलु मैदानमा नेपालको लज्जास्पद हार

घरेलु मैदानमा नेपालको लज्जास्पद हार


काठमाडौँ, ३ असोज : एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ई को खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको हो । फिलिपिन्सले नेपाललाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो ।

फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई गोल गरिन् । उनले खेलको पहिलो हाफको ४२औँ र ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन् । त्यस्तै फिलिपिन्सले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो । खेलको ७६औँ मिनेटमा फिलिपिन्सकी किइनी मियाक एलामोले थप एक गोल गरिन भने ८२औँ मिनेटमा अर्की खेलाडी मिकाइला भिलासिन एक गोल थपिन् ।

अब नेपालले आफ्नो दोस्रो खेलमा म्यान्मासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ६ : ४५ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको