२०८३, २९ असार मंगलबार

४ पाइलट ग्राउन्डेड, अवालेलाई उडानमा आजीवन रोक

४ पाइलट ग्राउन्डेड, अवालेलाई उडानमा आजीवन रोक


काठमाडौँ, ०२ असोज: वायुयान र पाइलटहरुको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही देखिएको कारण जनाउँदै ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ ।यीमध्ये नेपाल वायुसेवा निगमको एयरबसका क्याप्टेन सुवर्ण अवालेलाई आजीवन उडानमा रोक लगाउँदै ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतले बताएको छ ।

क्याप्टेन अवालेलाई प्रहरीले ०७३ चैत्र २७ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो। ‘हवाई उडान जस्तो संवेदनशील काममा सरिक नगराउने गरी रोक लगाइएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘क्याप्टेन अवालेको घटनामा मन्त्रालयको आदेश अनुसार उनलाई सधैंका लागि ग्राउन्डेड गरिएको हो।’

उनी त्यस रात निगमको एयरबसमा काठमाडौंबाट दुबईको उडान गर्दै थिए। उक्त उडानको कमाण्डर पाइलट अवाले नै थिए। त्यसैगरी प्राधिकरणले कारबाही स्वरुप ग्राउन्डेड गरेका अन्य तीन पाइलटमा सीता एयरको डोर्नियर विमान उडाउने क्याप्टेन रजनीश मानन्धर, मनाङ एयरका हेलिकप्टर पाइलट हिरा दाहाल र स्रिमिक एयरका हरेराम थापा छन्। यीनलाई भने सदाका लागि ग्राउन्डेड नगरिए पनि उडान सुरक्षामा लापरबाही गरेको अभियोगमा ग्राउन्डेड गरिएको हो।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ७ : २५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित