२०८२, २७ जेष्ठ मंगलबार

निगम अध्यक्ष खरेलद्वारा पदभार

निगम अध्यक्ष खरेलद्वारा पदभार


काठमाडौँ, १ असोज: नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । निगमको कार्यालय नयाँ सडक पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गर्नुभएको थियो । आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले हरेक विषयमा समेत विवाद गर्ने प्रवृत्तिबाट मुक्त भएर निगमलाई थप भरपर्दो बनाउन प्रयत्नशील रहने विश्वास व्यक्त गर्नुभयो ।

निगमले गत असार र साउनमा ल्याएको दुईवटा ‘वाइडबडी’ जहाजको कुशल सञ्चालन र थप जहाज खरीदको प्रक्रिया अगाडि बढाएको छ । दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउने दायित्वसमेत निगमको नै रहेको सन्दर्भमा थप व्यावसायिक कार्ययोजनाका साथ निगमका सम्पूर्ण कर्मचारीसँग मिलेर काम गर्ने आफ्नो योजना रहेको अध्यक्ष खरेलको भनाइ छ । अध्यक्ष खरेललाई निगमका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । महाप्रबन्धक कंसाकारले निगमलाई थप प्रभावकारी र व्यावसायिक बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

सरकारले पर्यटन प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राखेकाले त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जानकारी दिँदै महाप्रबन्धक कंसाकारले सेवा विस्तारका लागि समेत थप लगानी गरिने उल्लेख गर्नुभयो । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अध्यक्ष खरेल, महाप्रबन्धक कंसाकार तथा निगमका कर्मचारीलाई समन्वयात्मक तवरले काम गर्न निर्देशन दिनुभएको छ । उहाँले सरकारको चाहना र मुलुकको आवश्यकतालाई ख्याल गरेर व्यावसायिक कार्ययोजनाका साथ काम गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : २६ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक