२०८३, १६ आश्विन शनिबार

जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु


सोलुखुम्बु, १ असोज :काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर्ष ७५ की हुसेक आन सिरिल्य रहेको प्रहरी चौकी घुर्मीका प्रहरी नायब निरीक्षक विन्देश्वर रावतले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा सोलुखुम्बु नेलेका इन्द्र बस्नेत, सरस्वती बस्नेत, ओखलढुङ्गा श्रीचौरका तोकबहादुर तामाङ, काठमाडौँ कागेश्वरी–५ मनोहराका मनोज रोका, कीर्तिपुरका सिर्जन बस्नेत, जोरपाटीका यान्धेन लामा र बाराका अर्जुन पाण्डे रहेका छन ्। ना१ज ७९६९ नम्बरको सो जीपमा चालकसहित दुई विदेशी र छ जना नेपाली नागरिक सवार थिए । जीप सडकबाट करीब सय मिटर तल खसेको प्रहरीले जनाएकोे छ । घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : ०८ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र