२०८२, २६ फाल्गुन बुधबार

तेमालको आधाबाटमा चिटिक्कको विद्यालय भवन (फोटो फिचर)

तेमालको आधाबाटमा चिटिक्कको विद्यालय भवन (फोटो फिचर)


तेमाल ३० भदौ, काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सस्र्यूखर्क स्थित पञ्चकन्या आधारभूत विद्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षति पुगेको विद्यालयको भवन निर्माण नहुदाँ अस्थायी टहरामा पठनपाठन हुदैँ आइरहेको छ ।

४ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि अब अस्थायी टहरामा पढ्नु पर्ने बाध्यता हटेको छ । उक्त विद्यालय भवन छोटो समयमै निर्माण सम्पन्न भएको विद्यालय भवन निर्माण समितिका अध्यक्ष संग्राम तामाङले बताए । ‘बर्खाको बेला चुनौती त थियो, उनले भने ‘तर सबैको साथ र सहयोगमा विद्यालय भवन निर्माण कार्य सकिएको छ ।’

जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण कार्य सकिएको हो । यो विद्यालय तेमाल गाउँपालिकाभित्र रहेका मध्ये सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो । यहाँ अहिले ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यपक राम प्रसाद पाण्डेले बताए ।

वडा अध्यक्ष मानबहादुर श्रेष्ठले भुकम्पका कारण क्षति भएका सबै विद्यालयहरु पुननिर्माण गरेर अस्थाई टहराबाट बालबालिकालाई भुकम्प प्रतिरोधात्मक पक्की भवनमा अध्ययन अध्यापन गराउने बताए । यसैगरी विद्यालयका अध्यक्ष कान्छामान तामाङले विद्यालय निर्माणमा सहयोग गरेका सबै सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ८ : ०८ बजे

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान