२०८३, २९ असार मंगलबार

मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न

मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न


गोरखा, २९ भदौ : भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको मन्दिर सोही वर्षको असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार निर्माण गरिएको मन्दिर निर्माण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

“पुरानो मन्दिरमा पहिला पित्तलको छाना थियो, अहिले तामाको छानामा सुनको जलप लगाउने काम नयाँ भयो, अन्य संरचनामा कुनै फरक छैन”, संयोजक श्रेष्ठले भन्नुभयो । अन्य मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले मनकामना मन्दिरको छानामा सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नून, अमिलो र इँटाको ढुटोहरु प्रयोग गरेर बनाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै मन्दिर निर्माणका लागि आधुनिक प्रविधिको सिमेन्ट रडलगायतका कुनै पनि सामग्री प्रयोग नगरी पुरानै प्रविधिको प्रयोग गरिएको श्रेष्ठले बताउनुभयो । मन्दिर निर्माणका लागि नेपाल सरकारबाट दुईपटक गरेर रु चार करोड सहयोग प्राप्त भएको र बाँकी रकम भक्तजनको सहयोगबाट सङ्कलन गरिएको उहाँले बताउनुभयो । “मन्दिर निर्माणका लागि कति खर्च लाग्यो भनेर अहिले भन्नसक्ने अवस्था छैन, हाम्रो अनुमानमा रु १२ देखि १३ करोड खर्च भएको छ ।” संयोजक श्रेष्ठले भन्नुभयो, मन्दिर निर्माणका लागि सुनमात्रै १८ किलो खर्च भएको उहाँको भनाइ छ । “मूल मन्दिर सम्पन्न भइसकेको छ, दायाँबायाँको आँगन छाप्ने, पश्चिमपट्टिको भिरालो जमीनमा पर्खाल लगाउने काम बाँकी छ”, संयोजक श्रेष्ठले भन्नुभयो ।

नयाँ निर्माण सम्पन्न भएको मन्दिरबाट कहिलेदेखि पूजाआजा शुरु गर्ने भन्नेमा टुङ्गो नलागेको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मनकामना मन्दिर व्यवस्थापन समिति छ, त्यही समितिको बैठक बसेर भक्तका लागि नयाँ बनेको मन्दिर कहिलेदेखि खुला गर्ने भन्ने निर्णय गर्छ”, मूल पुजारी थापाले भन्नुभयो । अहिले मन्दिरको छेउमा सानो ठाउँ निर्माण गरी पूजाआजा गर्नुपर्दा समस्या भइरहेको उहाँले बताउनुभयो । मनकामना मन्दिरमा नेपालसहित भारतलगायत युरोपेली देशबाट समेत भक्तजन आउने गरेको मूल पुजारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मनकामना मन्दिरमा वार्षिक १२ लाखसम्म भक्तजन दर्शन गर्न आउने गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ७ : ०१ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित