२०८२, ९ भाद्र मंगलबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका वडाहरु असल अभ्यासमा अब्बल बन्दै

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका वडाहरु असल अभ्यासमा अब्बल बन्दै


काठमाडौँ, २७ भदौ / काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडा कार्यालयले सेवा र सुविधालाई नागरिक केन्द्रित बनाउँदै अब्बल बनेका छन् । जिल्लाको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा गठन भएको मण्डनदेउपुरका वडा कार्यालयहरुले असल अभ्यास अन्तर्गत नागरिकलाई सेवा र सुविधा दिएर सिंह दरबारको अधिकार घरगाउँमै पुगेको अनुभूति दिइरहेका छन् ।

नगरपालिकाको वडा नम्बर ५ र ६ ले सार्वजनिक सुनुवाई गरेर वडाबाट नियोजित योजना र बजेट बारे वडाबासीलाई जानकारी दिने कार्यको सुरुवात गरेका छन् । त्यस्तै सार्वजनिक लेखा परीक्षण समेत गरेर वडा कार्यालयहरुले हरहिसाबलाई पारदर्शि बनाएको वडा नम्बर ६ मा गठन भएको महिला अधिकार मञ्जकी अध्यक्ष मञ्जु पाठकले बताइन् । ‘हामी आफै पनि जानकार र सचेत भएका छौँ, वडा कार्यालयबाट विनियोजन हुने रकम र योजनाका बारे उनले भनिन्, ‘वडाले गर्ने हरेक काममा नागरिकले पनि निगरानी राख्नुपर्छ ।’

निर्वाचित भएर आएको केहि समय काम गर्न अलमलमा परेपनि जनप्रतिनिधिहरु अहिले नागरिक प्रति उत्तरदायि भएर काममा खटिएको पाइन्छ । योजनाको आवश्यकता, पहिचान र छनोट गर्न जनप्रतिनिधिहरु टोल टोलै पुग्छन् । सबैलाई भेला गराउँछन्, योजनाको प्राथमिकीकरण गर्छन् । यसले पहिलाको जस्तो खल्तीको योजनामा विकास बजेट विनियोजन हुने कामको लगभग अन्त्य भएको नागरिकहरुको ठम्याइ छ । १ लाख भन्दा माथिका विकास योजनाहरुको होडिङ बोर्ड राखेर सर्वसाधरणलाई जानकारी दिने परिपाटीको विकास भएको छ । वडा कार्यालयहरुमा समेत सुचना अधिकारी राखिएका छन् । जसले नागरिकलाई सुचना लिन सजिलो भएको छ ।

आ आफ्नो वडामा आउने कार्यक्रम, योजना, बजेट र यसको कार्यान्वयन प्रक्रियाका बारे नागरिकलाई सचेत गराउने काम भने शैक्षिक नमूना ग्रामिण विकास केन्द्र र एक्सन एडले गरेको हो । समुदायको अगुवाईमा जवाफ देहिताको असल अभ्यास परियोजना लागु भएपछि मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ५, ६, १०, ११, १२ र भूम्लु गाउँपालिकाको वडा नम्बर ९ का नागरिक वडाको हरेक गतिविधिमा सहभागि हुन्छन् । आफ्नो पनि अपनत्व राख्न । आफ्नो लागि आफै योजना बनाउँछन् । कार्यान्वयन पनि आफै गर्छन् । ‘हाम्रो टोलका दिदीबहिनीहरुको नेतृत्व विकासमा ठूलो परिवर्तन आएको छ, पाठकले भनिन्, ‘पहिला वडामा कस्ता योजना र कति बजेट छ भन्ने कुराको कुनै चासो गरिदैँन्थ्यो, अहिले हाम्रा लागि हामी आफै योजना बनाउँछाँै, कार्यान्वयन पनि आफै गर्छौँ ।’

वडाबासीले वडाको काममा चासो दिएपछि आफुलाई पनि काम गर्न निकै सजिलो भएको वडा नम्बर ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालले बताए । ‘योजना छनौट भन्दा पनि पहिला त नागरिकलाई सचेत गराउने काम महत्वपूर्ण रहेछ, उनले भने ‘अहिले नागरिक सचेत भएका छन्, त्यसैको फलस्वरुप वडा र नगरपालिकाबाट आउने विकास योजना सम्पन्न गर्न हामीलाई सजिलो भएको छ ।’

परियोजना सञ्चालन भएको वडाहरुमा महिला अधिकार मञ्च, युवा सञ्जाल र नागरिक सञ्जाल गठन भएका छन् । उनीहरु मार्फत वडाले अघि सारेका विकास योजना देखि अन्य सामाजिक सचेतनाका गतिविधि सञ्चालन गर्न मद्दत पुगेको वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले बताए । ‘वडाबासीलाई सकारत्मक सोचका साथ अघि बढ्न परियोजनाले अतुलनिय योगदान पुर्याएको छ, उनले भने ‘समुदाय र जनप्रतिनिधि बीच जोड्न पुलको काम गरेको छ, यो नै सुशासनको असल अभ्यास हो ।’

उपभोक्ता समिति गठनमा आकाश जमिनकै फरक आएको जनप्रतिनिधिहरुको बुझाई छ । पहिले कसैलाई थाहा नदिइ दलका मान्छे राखेर उपभोक्ता समिति बन्थ्यो । उपभोग गर्ने जनतालाई थाहै हुदैँन थियो । तर अहिले त्यो प्रथाको अन्त्य भएको छ । उपभोक्ता समिति गठन हुनु भन्दा ७ दिन पहिला नै सम्बन्धि टोलमा सुचना पुगिसकेको हुन्छ । साना र टुक्रे योजना बन्दै बन्दैन् । लक्षित समूहको रकम अनेत्र खर्च हुदैँ हुदैँन् । योजना बनाएर ल्याउन र कार्यान्वयन गर्न लक्षित समूहलाई ताकेता गरिन्छ । ‘माछा मारेर दिने भन्दा पनि माछा मार्ने तरिका परियोजनाले सिकाएको छ, वडाध्यक्ष आचार्यले भने ‘वडामा गरिएका अभ्यासले सिँगो नगरपालिकालाई नै दिशा निर्देश गरेको छ ।’

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ८ : ५६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको