२०८२, २३ माघ शुक्रबार

गरिबलाई रेफरै रेफर

गरिबलाई रेफरै रेफर


काठमाडौं, भदौ २६ : चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन्। उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन्। पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको कुद्यै छन्। सुत्केरी बेथाले सिकिस्त ३३ वर्षीया ईश्वरीलाई डोर्‍याउँदै ६ घण्टा हिंडाएर उनले नाग्म ल्याए। नाग्मबाट गाडी चढाए।

घरबाट २३ कोस टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकसका साथ पुगेपछि ईश्वरीले त्यहाँ तीन केजीको छोरा जन्माइन्। भदौ २१ गते साँझ नयाँ सन्तानको आगमनमा खुशी भएको यो दम्पत्तिलाई अहिले उसैलाई कसरी बचाउने भन्ने पिरलो छ। सुरुमा यातायात असुविधाका कारण सास्ती झेलेका ईश्वरी र धनप्रसाद स्वास्थ्य सुविधा भएको ठाउँमा आएपछि भने अस्पतालको व्यवहारले दुःखी छन्। नवजात शिशुमा श्वासप्रश्वास समस्या देखिएपछि अस्पतालहरूले एक ठाउँबाट अर्को ठाउँमा रेफर गरिरहे। धनप्रसाद अस्पताल र चिकित्सकबाट पाएको सास्ती सुनाउन चाहँदैनन्। ‘सबै दुःख सुनाउँदा झन् अफ्ठेरो पो पर्ने हो कि’, डराई–डराई उनले भने, ‘छोरालाई कसैले नहेर्ने हो कि ? ’

साँझ जन्मिएको शिशुलाई राति एक बजे असजिलो भयो। चिकित्सकले श्वासप्रश्वास प्रक्रियामा अफ्ठेरो भएको भन्दै अन्यत्र लैजान रेफर गरे। त्यसपछि उपचारका लागि रकम जुटाउने कि जहाजको टिकट खोज्ने भन्ने संकट आइलाग्यो। धनप्रसादले एघार हजारभन्दा बढी खर्च गरी गोमा एयरलाइन्सबाट नेपालगन्ज राँझा विमानस्थल झारे। काठमाडौं लैजान जहाजको टिकट पाइएन। त्यसपछि उनले एम्बुलेन्सद्वारा झन्डै १२ किलोमिटर टाढाको कोहलपुर मेडिकल कलेजमा दौडाए। त्यहाँ एक दिन एक रात राखे। ‘यहाँ उपचार गर्न महँगो पर्छ, तपार्इंको आर्थिक अवस्था के छ ? ’ भन्दै चिकित्सकले प्रश्न गरेपछि उनी अन्यौलमा परे। अस्पताललाई दश हजार बुझाए।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ८ : ०६ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले