२०८२, १० पुस बिहीबार

दुई छोरालाई झुन्ड्याएर आमाले गरिन आत्महत्या !

दुई छोरालाई झुन्ड्याएर आमाले गरिन आत्महत्या !


मोरङ, भदौ २६ : मोरङको बुढीगंगा गाउँपालिका–२ अमाही गाउँमा सोमबार बिहान आमासँगै दुई छोरा एउटै घरमा झुन्डिएको अवस्थामा फेला परेका छन् । झुन्डिएकामध्ये २९ वर्षीया अनिता यादव र उनका पाँच वर्षीय छोरा अमनको मृत्यु भएको छ । १० वर्षीय छोरा निशान भने बाँच्न सफल भएका छन् ।

प्रहरी आफ्ना दुई छोरालाई झुन्ड्याएर अनिता आफूले पनि आत्महत्या गरेको हो वा बाबुले सबैलाई झुन्डयाएर भागेका हुन् भन्नेबारे अन्योलमा छ । बाँच्न सफल भएका छोरा निशानले भने आफूहरूलाई आमाले नै मार्न सोमबार बिहान ४ बजेतिर घाँटी थिचेर झुन्ड्याएको प्रारम्भिक बयान दिएका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोर उद्योगमा झा थरका भारतीयसँग दोस्रो विवाह गरेकी अनिताले घरेलु हिंसाका कारण ५ र १० वर्षीय दुई छोरालाई अलग–अलग डोरीमा झुन्ड्याएर आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेकाे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

मोरङका एसपी मनोज केसीले छोराको प्रारम्भिक बयानले घटना आमाबाटै भएको खुले पनि अन्य कारण रहे वा नरहेकोबारे खोजी भइरहेको जानकारी दिए । ‘बाबुले सबैलाई झुन्ड्याएर निस्किएका थिए कि अनिताले दुई छोरालाई झुन्ड्याएर आफू पनि झुन्डिएकी थिइन्, त्यसबारे अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ७ : २६ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय