२०८२, १७ असार मंगलबार

काठमाडौँको ज्याथामा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

काठमाडौँ, २६ भदौ : राजधानी काठमाडौँको ज्याथा क्षेत्रमा भिषण आगलागी भएको छ । मंगलबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागीपछि त्यहाँ ५ वटा भन्दा धेरै दमक आगो निभाउन पुगेका छन् । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित एक घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कम्तिमा पनि २ घरको अधिकांश भाग जलेको छ भने अर्को एउटा घरमा पनि क्षति भएको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएका थिए । आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हापफालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

मिनेट मिनेटको अन्तरमा पुरै ज्याथा क्षेत्र थर्किने गरी करिब १० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए । क्षेत्रपाटीमा बस्दै अाएका पत्रकार शोभित थपलियाका अनुसार अक्सिजन ग्यास सिलिन्डर विस्फोटको अावाजले ज्याथा र क्षेत्रपाटी क्षेत्रबासीबीच भागाभाग भएको थियो । ग्यास विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका छन् ।

आगोले ठुलो रुप लिएपछि अहिले जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका छन् । तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउने कोशिश भइरहेको छ । करिब एक घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण बिजुली सर्टबाट बताइए पनि प्रहरीले एकिन नभइसकेको जनाएको छ । अहिले ज्याथातर्फबाट दुइटा र ठमेलतर्फबाट एउटा दमकलले आगो निभाइरहेका छन् ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ६ : २५ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर