२०८२, ८ भाद्र सोमबार

आठ महिनामा आठ हवाई दुर्घटना – ५९ को मृत्यु !

आठ महिनामा आठ हवाई दुर्घटना – ५९ को मृत्यु !


काठमाडौं, भदौ २४: नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए ।

सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो। त्रिभुवान विमानस्थलमा मार्च १२ मा भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। यस्तै, अप्रिल १९ मा १३९ यात्रु सवार मालिन्दो एयरको विमान त्रिभुवन विमानस्थलमा नै दुर्घटना भयो। तर, यसमा सबै यात्रु सुरक्षित रहे। मे १६ मा सिमिकिोटमा भएको मकालु एयरको विमान दुर्घटनमा २ जनाको मृत्यु भयो।

जुन ९ मा जुम्लामा तारा एयर, जुन १६ मा पोखरामा यति एयरलाइन्स, जुन ३० मा ग्रान्डी अस्पतालमा सिम्रिकको हेलिकोप्टर र सेप्टेम्बर १ मा त्रिभुवन विमानस्थलामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो। सन् २०१८ हवाई सुरक्षाका दृष्टिकोणबाट असुरक्षित बनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू यसलाई सेवामा भएको बढोत्तरीसँगै दुर्घटनाको दर पनि बढेको बताउँछन् । प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘नेपालमा हवाई सेवा संख्यात्मक रूपमा उल्लेख्य बढेको छ, त्यसकारण समग्र हवाई सुरक्षामा सुधार भइरहँदा पनि दुर्घटनाको दर बढेको हो ।’यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ७ : १७ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको