२०८३, २२ आश्विन शुक्रबार

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन


काठमाडौं, भदौ २४: कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ। सामान्यत अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट गमगढी पुग्न अचेल कम्तीमा पाँच दिन लाग्ने गरेको छ।

दुई साताअघि मुगुको ताल्चा विमानस्थलमा गएको पहिरो निरीक्षण गर्न प्रदेश राजधानीबाट हिँडेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली पाँच दिन लगाएर गमगढी पुग्यो। ‘नाग्म (कालीकोट–जुम्ला सिमाना) सम्म चारवटा गाडी परिवर्तन गर्दै तीन दिनमा पुग्यौं, त्यहाँबाट दुई दिन पैदल हिँड्नुप¥यो’, मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘फर्कंदा झन् बढी समय लाग्यो।’

वर्षात्का कारण ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि छ। राजमार्गका विभिन्न खसेको पहिरोले घन्टौ जाममा बस्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता छ।,यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ६ : ४६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य