२०८२, १० पुस बिहीबार

नियमनकारी संस्था नै कुहिराको काग

नियमनकारी संस्था नै कुहिराको काग


काठमाडौं, भदौ २४: कानुन बनाउनेदेखि अन्य आन्तरिक कार्यमा व्यस्त भइरहेका बेला केन्द्रदेखि सातै प्रदेशका सरकारलाई मुलुकमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी (एनजीओ÷आईएनजीओ) संस्थाका गतिविधिप्रति ध्यान दिने फुर्सद नै छैन । ती संस्थाको अनुगमन र नियमन गर्ने आधिकारिक निकाय समाज कल्याण परिषद्समेत कुहिराको कागजस्तो भएको छ ।

हालसम्म परिषद्मा आबद्धता लिएका रहेका ४८ हजार ५ सय एनजीओ र २ सय ३० आईएनजीओका कामको अनुगमन र नियमन हुन नसक्दा तिनीहरूका गतिविधिले मुलुकमा कस्तो प्रभाव परिरहेको छ भन्नेबारे आम नागरिक नै बेखबर हुनुपरेको छ । यद्यपि अहिलेसम्म १२ वटा एनजीओ र ४ वटा आईएनजीओलाई सचेत गराइएको परिषद्को दाबी छ । तर उक्त सचेत पनि नागरिकले दिएको उजुरीका आधारमा गराइएको हो ।

–देशभर ४९ हजार एनजीओ/आईएनजीओ
–४६ अर्ब लगानी बालुवामा पानी

नागरिकबाट परेका उजुरीमा उद्देश्यबमोजिम काम नगरेको, स्वीकृत नै नलिई काम गरेको, संस्था खोलेर पनि व्यक्तिगत खाता सञ्चालन गरेको र धार्मिक आस्थालाई प्रवद्र्धन गर्ने गरेको पाइएपछि तिनीहरूलाई गल्ती नदोहो¥याउने सर्तमा सचेत गराइएको परिषद्का सूचना अधिकारी हरि तिवारीले बताउनुभयो ।
उहाँले १ सय ५ वटा आईएनजीओको उपलब्धि मूल्यांकन गरिसकेको दाबी गर्दै भन्नुभयो– ‘आईएनजीओ दर्ताका लागि सम्बन्धित देशमा दर्ता भएको हुनुपर्छ । र, कम्तीमा २ करोड रुपियाँ नेपाली बजेट उल्लेख गरिनुपर्छ ।’

संस्था दर्ता ऐन २०३४ आएपछि यस्ता संस्था दर्ता हुन थालेका हुन् । यस्ता संस्थाले विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, आत्मनिर्भर, सञ्चार जस्ता विषयमा काम गर्दै आएको बताएका छन् । परिषद्का अनुसार एनजीओ आईएनजीओका नाममा वर्षेनी ४६ अर्ब रुपियाँ बजेट खर्च गरिए पनि उक्त लगानी बालुवा पानी जस्तै भएको सरोकारवालाको आरोप छ ।

नियमित रुपमा ती संस्थाको मूल्यांकन नहुँदा सुशासन प्रवद्र्धनमा चुनौती देखिएको उनीहरुको विश्लेषण छ । यी संस्थाको दर्ता संख्या उल्लेखनीय भए पनि गुणात्मक परिणाम नदेखिएको बताउँदै कास्कीका सर्वसाधारण निर्देश पोख्रेलले भन्नुभयो– ‘अधिकांश एनजीओ आईएनजीओ कागज मिलाउन सिपालु छन्, काममा भने इमानदार छैनन् । यिनीहरूलाई नियमनमा ल्याउनैपर्छ । नत्र बजेट मात्रै स्वाहा हुन्छ ।’
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ६ : ३२ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय