२०८२, १ माघ बिहीबार

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता


लेखनाथ, २३ भदौ: कास्कीको बेगनास तालमा आज डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिनुभयो ।

बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । डुङ्गा गन्तव्यमा पुग्नु भन्दा करिब दुई सय मिटर वर नै दुर्घटनाग्रस्त भएको हो । डुङ्गामा नौ जना सवार रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईं रहेकी छन् । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए ।

उनीहरु तीज मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कँडेलको घरमा आएको बताइएको छ । डुङ्गाघाट पुग्न करिब दुई सय मिटर वर लिप्दी भन्ने स्थानमा डुङ्गा दुर्घटना परेको थियो ।

उद्धार गर्न खोज्दा डुङ्गा डुब्यो
प्रहरीका अनुसार डुङ्गामा सवार प्राचीन पौडेल एक्कासी तालमा खसेपछि आमा निशा पौडेल उद्धारको लागि तालमा हाम फालिन् । तालमा हाम फालेपछि डुङ्गाको सन्तुलन गुम्यो र डुङ्गा पल्टिएसँगै सबै तालमा खसे । तालमा डुङ्गा पल्टिएलगत्तै स्थानीयबासी उद्धारमा जुटेकाले केहीलाई बचाउन सकिएको हो ।

घटनास्थलमा सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल, स्थानीयसँगै गोताखोर परिचालित भएकोे इप्रका शिशुवाका प्रहरी निरीक्षक रावतले जानरकारी दिनुभयो । बेपत्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएकोछ । डुंगामा एक्लै गएका कमल कँडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उनको उद्धार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ७ : २० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा