२०८३, २१ बैशाख मंगलबार

विप्लव नेत्री भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव नेत्री भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ, २२ भदौ: सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेत्री उमा भुजेललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज अदालतको मुख्य रजिष्ट्रार भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “भुजेललाई थुनामा राख्नुपर्ने आधार र कारण देखिएन, गैरकानूनी थुनामा राखेको हुँदा निजलाई अदालतको मुख्य रजिष्ट्रारको रोहबरमा छाड्नु ।” क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा भुजेललाई यही भदौ १२ गते बालाजुबाट पक्राउ गरिएको थियो भने अनुसन्धानका लागि म्याद थप जिल्ला अदालत काभ्रेबाट गरिएको थियो ।

भुजेलले आफूलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिटको सुनुवाइपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ९ : ०९ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष