२०८३, २२ आश्विन शुक्रबार

बाँकेमा १५ वर्षीया किशोरी बलात्कृत

बाँकेमा १५ वर्षीया किशोरी बलात्कृत


बाँके, २२ भदौ : नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् ।

झारफुक गर्ने क्रममा ती साइबाबाले तीन चार महिनाअघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत किशोरीले प्रहरीसमक्ष बताएको आफन्तले जनाएका छन् । बिहीबार दिउँसो १ बजेतिर किशोरीको योनीबाट धेरै रक्तश्राप भएपछि किशोरीले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् । आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित किशोरीका काकाले जानकारी दिनुभयो ।

घटना थाहा पाएलगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबाबा भनिने ती व्यक्तिको नाममा किटानी जाहेरी दिनुभएको छ । किटानी जाहेरी परेपछि बाँके प्रहरीले साइबाबा भनिने ती व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । बढैयाताल गाउँपालिकाकी १५ वर्षीया ती किशोरीको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भए÷नभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन् ।

ती साइबाबाले पटकपटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउनेसम्बन्धी औषधिसमेत खुवाएको प्रहरीसमक्ष पीडित किशोरीले बयान दिएकी छिन् । ४६ वर्षीय साइबाबा भनिने ती व्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए । देशभरमा दिनहुँजसो बलात्कारका घटना घटिरहँदा बाँके जिल्लामा पनि एकसातामै दुईवटा यस्ता घटना भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : १८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य