२०८२, ११ मंसिर बिहीबार

राजमार्ग खुला भएलगत्तै रु ३ करोड राजस्व सङ्कलित

राजमार्ग खुला भएलगत्तै रु ३ करोड राजस्व सङ्कलित


रसुवा २१ भदौ: राजमार्ग खुला भएलगत्तै सामान परीक्षण र भन्सार राजस्व असूली आजदेखि शुरु भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चिनियाँ सामान आयात गर्ने करीब २०० वटा ट्रक कण्टेनर बुधबार र बिहीबार साँझसम्म भन्सार हातामा प्रवेश गरिसकेका छन् । आज बिहीबार मात्रै रु तीन करोड भन्सार राजस्व असूली भएको छ ।

सामान आयात गर्ने एक मात्र नेपालको उत्तरी नाका रसुवागढी राजमार्गअन्तर्गत गत साउन ९ गते अगाडि केरुङ गएका लगभग एक हजार दुई सय ट्रक कण्टेनरले चिनियाँ गोदामबाट सामान लाद्न थालेको जानकारी आएको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।
मितेरी पुल रसुवागढीबाट सामान लिनका लागि केरुङतर्फ बुधबार र आज १०० भन्दा बढी ट्रक कण्टेनर केरुङतर्फ प्रस्थान गरेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ । आयात भएका सामग्री छिटोछरितो जाँचका लागि आवश्यक जाँचकी तैनाथ गरिसकिएकाले भन्सार प्रक्रिया ढिलो नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

गत साउन ९ गते टिमुरे प्रवेशद्वारमा पहिरो आएको, साउन ११ गते रसुवागढी घट्टेघोलाको पक्की पुल क्षति भएको, साउन २२ गते रसुवागढी छेउको राजमार्ग भोटेकोशीले कटान गरेको र यही भदौ २ गते धुञ्चेको त्रिशूली नदी छेउमा गएका दुई पहिराका कारण सबैखाले सवारी साधन आवतजावत बन्द भएको थियो । पहिरो गएका स्थानमा नयाँ मार्ग खोली भदौ १८ गते धुञ्चे क्षेत्र र १९ गते रसुवागढी क्षेत्रको राजमार्गमा यातायात पुनः सञ्चालन गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सडक खुलेसँगै रोकिएका सवारी साधन एकसाथ ताँती लागेपछि ट्राफिक व्यवस्थापनलाई चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाको राजमार्गमा बाटो सहज भए पनि नुवाकोटको तिरतिरे भीरमा पानी परेको बेला लेदो माटो आउने र गेर्खु खोलाको हिमपाइप कलभर्टमा भलपानीको समस्या यथावतै रहेको सवारी चालकले बताएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ४४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री