२०८२, १४ चैत्र आईतबार

राजमार्ग खुला भएलगत्तै रु ३ करोड राजस्व सङ्कलित

राजमार्ग खुला भएलगत्तै रु ३ करोड राजस्व सङ्कलित


रसुवा २१ भदौ: राजमार्ग खुला भएलगत्तै सामान परीक्षण र भन्सार राजस्व असूली आजदेखि शुरु भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चिनियाँ सामान आयात गर्ने करीब २०० वटा ट्रक कण्टेनर बुधबार र बिहीबार साँझसम्म भन्सार हातामा प्रवेश गरिसकेका छन् । आज बिहीबार मात्रै रु तीन करोड भन्सार राजस्व असूली भएको छ ।

सामान आयात गर्ने एक मात्र नेपालको उत्तरी नाका रसुवागढी राजमार्गअन्तर्गत गत साउन ९ गते अगाडि केरुङ गएका लगभग एक हजार दुई सय ट्रक कण्टेनरले चिनियाँ गोदामबाट सामान लाद्न थालेको जानकारी आएको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।
मितेरी पुल रसुवागढीबाट सामान लिनका लागि केरुङतर्फ बुधबार र आज १०० भन्दा बढी ट्रक कण्टेनर केरुङतर्फ प्रस्थान गरेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ । आयात भएका सामग्री छिटोछरितो जाँचका लागि आवश्यक जाँचकी तैनाथ गरिसकिएकाले भन्सार प्रक्रिया ढिलो नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

गत साउन ९ गते टिमुरे प्रवेशद्वारमा पहिरो आएको, साउन ११ गते रसुवागढी घट्टेघोलाको पक्की पुल क्षति भएको, साउन २२ गते रसुवागढी छेउको राजमार्ग भोटेकोशीले कटान गरेको र यही भदौ २ गते धुञ्चेको त्रिशूली नदी छेउमा गएका दुई पहिराका कारण सबैखाले सवारी साधन आवतजावत बन्द भएको थियो । पहिरो गएका स्थानमा नयाँ मार्ग खोली भदौ १८ गते धुञ्चे क्षेत्र र १९ गते रसुवागढी क्षेत्रको राजमार्गमा यातायात पुनः सञ्चालन गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सडक खुलेसँगै रोकिएका सवारी साधन एकसाथ ताँती लागेपछि ट्राफिक व्यवस्थापनलाई चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाको राजमार्गमा बाटो सहज भए पनि नुवाकोटको तिरतिरे भीरमा पानी परेको बेला लेदो माटो आउने र गेर्खु खोलाको हिमपाइप कलभर्टमा भलपानीको समस्या यथावतै रहेको सवारी चालकले बताएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ४४ बजे

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि