२०८२, १ माघ बिहीबार

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते


हेटौँडा, २१ भदौ : मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनमा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटाँैडा उपमहानगरपालिका–७ की ४० वर्षीया सावित्री लुइँटेल घाइते भएका छन् । लुइँटेललाई खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुइँटेलको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौँडा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ५ : २६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा