२०८२, १४ चैत्र आईतबार

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी


काठमाडौं , भदौ २१ : प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन्। समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो। उक्त समयसीमा बुधबार सकिएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएकाे छ।

सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन। उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए। उनले भने ‘तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन्।

शुक्रबार बिहान बैठक बोलाइएको छ। सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
– गोरखापत्र दैनिक

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : १० बजे

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि