२०८३, २० श्रावण बिहीबार

६० करोडको कम्पनी नै कर्मचारीको नाममा, चार कर्मचारीसहित १२ पक्राउ !

६० करोडको कम्पनी नै कर्मचारीको नाममा, चार कर्मचारीसहित १२ पक्राउ !


काठमाडौं , भदौ २१ :कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो ।

प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् । उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै थियो ।

उनले करिब २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका छन् । कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका थिए । जटियाको सबै कारोबार तथा सम्पत्तिबारे उनलाई थाहा थियो ।

यसरी भयो ठगी
व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।

त्यही आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ०७ बजे

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान