२०८३, ३१ असार बिहीबार

उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङस्थल बन्दै

उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङस्थल बन्दै


काठमाडौं , भदौ २१ : काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ ।त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ ।

लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरले आशयपत्र माग गरिसकेको छ ।स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त उपक्रम (ज्वाइन्ट–भेन्चर जेभी) मा असोज १ गतेभित्र आशयपत्र दर्ता गर्न आह्वान गरेको छ । तीनवटै पार्किङस्थल निर्माण भएपछि राजधानीको दरबारमार्ग, न्युरोड आसपास क्षेत्रको पार्किङ व्यवस्थापनमा सुधार आउने भएको छ ।

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत धर्मपथपमा स्मार्ट र दरबारमार्ग र न्युरोडमा डिजिटल पार्किङ निर्माण गर्न लागेको हो । कामपा सार्वजनिक निजी साभेदारी एकाइ प्रमुख महेश काफ्लेले दरबारमार्ग र न्युरोडमा मोबाइल प्रयोग गरी सञ्चालन गर्न सक्ने डिजिटल पार्किङ नेपालकै पहिलो हुने बताउनुभयो ।
– नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ६ : ४१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित