२०८२, १ माघ बिहीबार

सत्र दिनदेखि किशोरी बेपत्ता

सत्र दिनदेखि किशोरी बेपत्ता


काठमाडौँ, २० भदौ: किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् । काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन् । आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे । उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन नसकिएको अधिकारीका मामा तेजबहादुर बानियाँले गुनासो गर्नुभयो ।

प्रहरीले विस्तृत कल विवरण माग गर्न लेखेको पत्रमा मोबाइल नं गलत लेखेकाले पनि अनुसन्धानमा ढिलाइ भएको उहाँको भनाइ छ । वृत्तका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल भने आमाबाबुले गाली गर्दा, कानूतः उमेर नपुगे पनि शारीरिकरुपमा परिपक्व भई घर छोडेर हिँड्ने गरेको बताउनुहुन्छ ।

किशोर वयका बालबालिका घर छोडेर हिँड्नुमा सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि कारण बन्ने गरेको वृत्तले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा वृत्तमा मात्र दर्ता भएको उजुरीअनुसार यस क्षेत्रबाट ४५ बालबालिका हराए । त्यसमध्ये ४४ जना भेटिए पनि एक जना अझै बेपत्ता छन् । यो आवमा दुई जना बालबालिका हराएकामा एक जना भेटिएको छ । अधिकारीको भने खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ९ : ०० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा