२०८२, २३ माघ शुक्रबार

सत्र दिनदेखि किशोरी बेपत्ता

सत्र दिनदेखि किशोरी बेपत्ता


काठमाडौँ, २० भदौ: किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् । काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन् । आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे । उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन नसकिएको अधिकारीका मामा तेजबहादुर बानियाँले गुनासो गर्नुभयो ।

प्रहरीले विस्तृत कल विवरण माग गर्न लेखेको पत्रमा मोबाइल नं गलत लेखेकाले पनि अनुसन्धानमा ढिलाइ भएको उहाँको भनाइ छ । वृत्तका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल भने आमाबाबुले गाली गर्दा, कानूतः उमेर नपुगे पनि शारीरिकरुपमा परिपक्व भई घर छोडेर हिँड्ने गरेको बताउनुहुन्छ ।

किशोर वयका बालबालिका घर छोडेर हिँड्नुमा सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि कारण बन्ने गरेको वृत्तले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा वृत्तमा मात्र दर्ता भएको उजुरीअनुसार यस क्षेत्रबाट ४५ बालबालिका हराए । त्यसमध्ये ४४ जना भेटिए पनि एक जना अझै बेपत्ता छन् । यो आवमा दुई जना बालबालिका हराएकामा एक जना भेटिएको छ । अधिकारीको भने खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ९ : ०० बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले