२०८२, २ कार्तिक शनिबार

राष्ट्रिय वाणिज्य बैंक सिमीकोट नाफामा

राष्ट्रिय वाणिज्य बैंक सिमीकोट नाफामा


हुम्ला, २० भदौ : राष्ट्रिय वाणिज्य बैंक सिमीकोट शाखाले आर्थिक वर्ष ०७४÷०७५ मा रु दुई करोड ४५ लाख ३६ हजार नाफा गरेको छ । सेवा सम्पादनमा सहजता र कर्मचारीको लगनशीलताले सो नाफा भएको बैंकले जनाएको छ । बैंकका प्रबन्धक ठानसिंह विष्टले गत वर्षभन्दा रु ३४ लाख १० हजार बढी नाफा कमाउन बैंक सफल भएको बताउनुभयो ।

बैंकका अनुसार ब्याजबाट रु दुई करोड तीन लाख ६८ हजार र अन्य सेवाबाट रु ४१ लाख ६८ हजार गरी कुल रु दुई करोड ४५ लाख ३६ हजार नाफा गरेको छ । उक्त अवधिमा बैंकले रु एक करोड १९ लाख ७२ हजार खर्च गरी रु एक करोड २५ लाख ६४ हजार खुद नाफा आर्जन गरेको प्रबन्धक विष्टले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा बैंकले रु एक करोड एक लाख ५८ हजार खुद नाफा आर्जन गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : २१ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी