२०८२, २२ चैत्र सोमबार

राष्ट्रिय वाणिज्य बैंक सिमीकोट नाफामा

राष्ट्रिय वाणिज्य बैंक सिमीकोट नाफामा


हुम्ला, २० भदौ : राष्ट्रिय वाणिज्य बैंक सिमीकोट शाखाले आर्थिक वर्ष ०७४÷०७५ मा रु दुई करोड ४५ लाख ३६ हजार नाफा गरेको छ । सेवा सम्पादनमा सहजता र कर्मचारीको लगनशीलताले सो नाफा भएको बैंकले जनाएको छ । बैंकका प्रबन्धक ठानसिंह विष्टले गत वर्षभन्दा रु ३४ लाख १० हजार बढी नाफा कमाउन बैंक सफल भएको बताउनुभयो ।

बैंकका अनुसार ब्याजबाट रु दुई करोड तीन लाख ६८ हजार र अन्य सेवाबाट रु ४१ लाख ६८ हजार गरी कुल रु दुई करोड ४५ लाख ३६ हजार नाफा गरेको छ । उक्त अवधिमा बैंकले रु एक करोड १९ लाख ७२ हजार खर्च गरी रु एक करोड २५ लाख ६४ हजार खुद नाफा आर्जन गरेको प्रबन्धक विष्टले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा बैंकले रु एक करोड एक लाख ५८ हजार खुद नाफा आर्जन गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : २१ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको