२०८२, २ माघ शुक्रबार

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !


काठमाडौं , भदौ २० : खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् ।

बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १ मा भर्ना भएकी हुन् । जुरीमायाले छोटो समयमै सावाँ अक्षर जानिसकेको सरस्वती मावि, कक्षा १ का शिक्षक नुरकाजी सैँजुले बताए ।

उहिले समाजमा महिलाले पढ्नु हुन्न भन्ने मान्यता थियो पढ्ने रहर हुँदाहुँदै पनि मन मारेर बस्नुपर्ने अवस्था थियो हिजोआज जस्तो जताततै विद्यालय पनि थिएन ।
वि.स. २००१ मा जन्मिएकी जुरीमायाले पनि लेखपढ गर्न पाउने कुरै भएन । त्यसबेला पढ्नु नपाएको चाहना बुढेसकालमै भए पनि पुरा गर्न पढ्नु थालेको जुरीमाया बताउँछिन् ।
-नागरिक दैनिक

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : ४८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा