२०८२, २२ माघ बिहीबार

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !


काठमाडौं , भदौ २० : खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् ।

बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १ मा भर्ना भएकी हुन् । जुरीमायाले छोटो समयमै सावाँ अक्षर जानिसकेको सरस्वती मावि, कक्षा १ का शिक्षक नुरकाजी सैँजुले बताए ।

उहिले समाजमा महिलाले पढ्नु हुन्न भन्ने मान्यता थियो पढ्ने रहर हुँदाहुँदै पनि मन मारेर बस्नुपर्ने अवस्था थियो हिजोआज जस्तो जताततै विद्यालय पनि थिएन ।
वि.स. २००१ मा जन्मिएकी जुरीमायाले पनि लेखपढ गर्न पाउने कुरै भएन । त्यसबेला पढ्नु नपाएको चाहना बुढेसकालमै भए पनि पुरा गर्न पढ्नु थालेको जुरीमाया बताउँछिन् ।
-नागरिक दैनिक

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : ४८ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले