२०८२, २२ माघ बिहीबार

हरियाली शहरका लागि वृक्षरोपण

हरियाली शहरका लागि वृक्षरोपण


चितवन, १८ भदौ: भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रको सरसफाइ गरी वृक्षरोपण गर्ने कार्य आजबाट शुरु गरेको छ । महानगरप्रमुख रेनु दाहालको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयको सहयोगमा बजार क्षेत्रमा वृक्षरोपण गरिएको हो । सडकलाई दुई तर्फी सञ्चालन गर्ने गरी बीचमा फुल रोप्न बनाइएको ठाउँमा वृक्षरोपण गरिएको हो ।

सो अवसरमा त्यहाँ रहेका विरुवालाई गोडमेल गरी नयाँ जातका विरुवा रोपिएको हो । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ । ”

भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा शहर बनाउन विभिन्न योजना ल्याएको बताउनुभयो । भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले नारायणगढ बजारबीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका विरुवा रोपिएको बताउनुभयो ।

महानगरपालिका– १ का वडाध्यक्ष जयराम श्रेष्ठले शहरलाई हरियाली बनाउनका लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा विरुवा रोप्ने काम भएको बताउनुभयो । महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न सङ्घ संस्थालगायत सामाजिक अभियानकर्मी सहभागी थिए । अभियानलाई निरन्तरता दिने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : ५९ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले