२०८२, १ माघ बिहीबार

हरियाली शहरका लागि वृक्षरोपण

हरियाली शहरका लागि वृक्षरोपण


चितवन, १८ भदौ: भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रको सरसफाइ गरी वृक्षरोपण गर्ने कार्य आजबाट शुरु गरेको छ । महानगरप्रमुख रेनु दाहालको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयको सहयोगमा बजार क्षेत्रमा वृक्षरोपण गरिएको हो । सडकलाई दुई तर्फी सञ्चालन गर्ने गरी बीचमा फुल रोप्न बनाइएको ठाउँमा वृक्षरोपण गरिएको हो ।

सो अवसरमा त्यहाँ रहेका विरुवालाई गोडमेल गरी नयाँ जातका विरुवा रोपिएको हो । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ । ”

भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा शहर बनाउन विभिन्न योजना ल्याएको बताउनुभयो । भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले नारायणगढ बजारबीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका विरुवा रोपिएको बताउनुभयो ।

महानगरपालिका– १ का वडाध्यक्ष जयराम श्रेष्ठले शहरलाई हरियाली बनाउनका लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा विरुवा रोप्ने काम भएको बताउनुभयो । महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न सङ्घ संस्थालगायत सामाजिक अभियानकर्मी सहभागी थिए । अभियानलाई निरन्तरता दिने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : ५९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा