२०८२, १३ फाल्गुन बुधबार

चिया मजदूर पारिश्रमिकबाट वञ्चित

चिया मजदूर पारिश्रमिकबाट वञ्चित


बनियानी १८ भदौ यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् ।

न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आन्दोलन गर्ने जनाएको छ ।

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक रू २७८ बाट वृद्धि गरी रू ३८५ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदूरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताउनुभयो । चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उहाँको भनाइ छ ।

“सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो,” उहाँले भन्नुभयो । अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटा पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताउनुहुन्छ । अखिल नेपाल चिया मजदूर सङ्घ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले मजदूरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताउनुभयो । पारिश्रमिक नदिए उद्योग सञ्चालकलाई सरकारले कारवाही गर्नुपर्ने उहाँको माग छ ।

 

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ३ : ०५ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली