२०८३, ८ असार मंगलबार

निगमको मासिक घाटा ६४ करोड

निगमको मासिक घाटा ६४ करोड


काठमाडौं, भदौ १८ : नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो।

हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ। करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३÷७४ डलर थियो। विश्व परिवेशमैे भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ। प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ। निगमका निमिक्त कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार प्रतिब्यारेलमा तीन डलरले मूल्य वृद्धि हुँदा निगम ठूलो घाटा व्यहोर्न बाध्य छ।

प्रतिब्यारेलमा एक डलर मूल्य वृद्धि हुँदा मासिक १७ करोड घाटा हुन्छ। अहिले प्रतिब्यारेलमा बढेको तीन डलरका कारण मासिक करिब ५० करोड रुपैयाँ घाटा निगमले व्यहोर्नुपर्ने भएको छ।अत्यधिक इन्धन उत्पादन गर्ने इरानको कारोबारलाई अहिले अमेरिकाले प्रतिबन्ध गरेको छ। साथै, अमेरिकाले अन्य मुलुकलाई पनि इरानसँग आर्थिक कारोबार नगर्न दबाब दिएको छ। यसले गर्दा इरानको इन्धन विश्व बजारमा आउन पाएको छैन। यस्तै भेनेजुयला र लिवियाले उत्पादन गर्ने इन्धन पनि पर्याप्त परिमाणमा बजारमा आउन नसक्दा इन्धनको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको हो।

यसवाहेक पछिल्लो समयमा कायम भएको अमेरिकी डलरको विनियम दरका कारण पनि निगमले अतिरिक्त मासिक करिब १४ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको छ। अहिले अमेरिकी डलरको विनियमदर एक सय १३ रुपैयाँ ५२ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो। दुई महिनाअघि एक डलरबराबर सटहीदर एक सय आठ रुपैयाँ थियो। अहिले एक डलरमा साढे पाँच रुपैयाँ वृद्धि भएको छ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : ४३ बजे

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२