२०८३, २ श्रावण आईतबार

न्वारानकै दिन छोरीलाई बारीमा पुरेर मार्ने आमा रश्मी गुरुङ पक्राउ

न्वारानकै दिन छोरीलाई बारीमा पुरेर मार्ने आमा रश्मी गुरुङ पक्राउ


१२ भदौ, गोरखा । गोरखामा ११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका(२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

रश्मीकी छोरीको भदौ ८ गते न्वारान गरिएको थियो । न्वारानकै दिन राति छोरी हराएको भन्दै रश्मीले आफन्तसँग हारगुहार गरेकी थिइन् ।तर, प्रहरी अनुसन्धानका क्रममा रश्मी आफैंले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेको पाइएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । प्रहरीले गुरुङलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

घटना विवरण

भदौ ८ गते थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको शिशु ९छोरी० टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् । बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् ।

उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो । त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् । बच्चा हराएको खबर पाएपछि भदौ ९ गते प्रहरीले रश्मी, उनका श्रीमान र सासुलाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्यायो । सोधपुछको क्रममा रश्मीले आफूले बारीमा गाडेको स्वीकार गरिन् । आफ्नी आमाले धम्की दिएकाले उक्त घटना गराएको बयान दिइन् ।

सबल भण्डारी र रश्मीको अन्तरजातीय विवाह थियो । उनीहरु परिवारको इच्छाविपरीत भागेर विवाह गरेका थिए । त्यही कारण माइती पक्षबाट पति र बच्चालाई मार्ने धम्की दिएको रश्मी बताउँछिन् । ‘ममीले तेरो श्रीमान र बच्चा दुबैलाई मारिदिन्छु भनेर बारम्बार धम्की दिइरहनुहुन्थ्यो’ सोधपुछको क्रममा रश्मीले दिएको बयान उधृत गर्दै प्रहरीले भनेको छ । रश्मीको वयानको आधारमा प्रहरीले उनकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

गुरुङलाई १० भदौमा काठमाडौबाट नियन्त्रणमा लिएको प्रहरलिे जनाएको छ । प्रहरी टोली मंगलबार घटनास्थल पुगेको छ । खाल्डो खनेर हेर्दा बोराभित्र शिशु मृत अवस्थामा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी वस्नेतले बताए । स्रोत अनलाईखबर

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  ९ : ३० बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित