२०८३, ८ असार मंगलबार

उपप्रमुख आफै पुगिन झाँडु समाएर गोसाईस्थानको सरसफाई गर्न  ( फिचर )

उपप्रमुख आफै पुगिन झाँडु समाएर गोसाईस्थानको सरसफाई गर्न  ( फिचर )


काभ्रेको बनेपा नगरपालिकाकी उपप्रमुख रेखा सापकोटा दाहाल आफै झाँडु समाएर गोसाईस्थान पुग्दा सोमबार धेरै जना छक्क परे । कतिपयले अनुमान लगाए उपप्रमुख दाहालले झाँडु मात्रै समाउछिन भनेर । तर उपप्रमुख दाहालले ती अनुमानलाई निरर्थक मात्रै बनाइन्, अरूलाई समेत प्रेरणा दिने गरी सरसफाई गरिन ।

नगरको वडा नं ६ बुडोल स्थित नगरकै मुख्य धार्मिक स्थल गोसाईस्थानमा आईतबार जनैपुर्णिमाको अवसरमा मेला लागेको थियो । त्यहि मेलाका कारण उत्पन्न फोहोर ब्यबस्थापन गर्न गोसाइस्थान शैलेश्वर महादेव संरक्षण समितिले आयोजना गरेको सरसफाई अभियानमा उपप्रमुख दाहालले झाँडु लिएर पुगेकी हुन । सफाई अभियान वडा नं ६ वडा कार्यालय रहेको बुडोलचोकबाट शुरु भएको थियो ।

नगरपालिकाको फोहोर व्यवस्थापन समितीको संयोजक समेत रहेकी उपप्रमुख दाहालले बर्षौदेखि समस्यामा रहेको बनेपाको फोहोर आफूहरू निर्वाचित भएर आएपछि सहजरूपमा ब्यवस्थापन भईरहेको बताईन । सकेसम्म फोहोर नै गर्नु हुदैन्, उनले भनिन् फोहोर हाम्रो स्वास्थ्यसँग जोडिएकाले यसलाई ख्याल ख्याल सम्झिनु हुदैन।

उपप्रमुख दाहालले बनेपाको फोहोरलाई केही व्यक्तिहरुले राजनीतिक एजेण्डा बनाएको प्रति दुख व्यक्त गरिन । बनेपा एक धार्मिक नगर हो, हामीसँग प्रसस्त मठमन्दिर, गुम्बा छन्, उनले भनिन् यी धार्मिक स्थल घुम्न आउने कोहि पनि पर्यटकले फोहोर कै कारण नाक खुम्च्याउनु नपरोस्, नगरपालिका त्यो अभियानमा छौ ।
उनले सफा, सुन्दर बनेपा नगर बनाउन सबै लाग्नु पर्नेमा जोड दिईन ।

गोसाईस्थान सरसफाई गर्न वडा अध्यक्ष सचितानन्द केसीले पनि साथ दिएका थिए । सरसफाई अभियानमा बुडोलमा रहेको काभ्रे माविका विद्यार्थीहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि र स्थानीयहरु उल्लेख्य रूपमा उपस्थीत भएका थिए ।

वडा अध्यक्ष सचितानन्द केसीले स्वच्छ वातावरण विद्यार्थीको खास भूमिका रहने बताए । विद्यालयमा सिकेका वातावरण जोगाउने कुरा तपाईहरूले आफ्नो परिवारमा गएर भन्नु भयो भने मात्रै पनि हाम्रो वातावरण राम्रो हुन ठूलो मद्दत पुग्छ, उनले भने अहिले देखिनै वातावरण जोगाउन लागेनौ भने हाम्रा पुस्ताले हामीलाई धिकार्ने छन् ।

गोसाइस्थान शैलेश्वर महादेव संरक्षण समितिका अध्यक्ष भैरव केसीले गोसाईस्थानको सरसफाईलाई आगामी दिनमा पनि निरन्तर दिन सबैलाई आग्रह गरे । यसैगरी समितिका कोषाध्यक्ष भेषराज शाहले सरसफाईमा यूवा विद्यार्थी महत्वपुर्ण भुमिका रहने बताएका थिए

 

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  १० : ४८ बजे

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१