२०८२, ९ पुस बुधबार

रक्षा बन्धनको दिन किन खाइन्छ क्वाँटी ? यस्तो छ क्वाँटी खाँदाको फाइदा र बेफाइदा

रक्षा बन्धनको दिन किन खाइन्छ क्वाँटी ? यस्तो छ क्वाँटी खाँदाको फाइदा र बेफाइदा


हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिनलाई क्वाँटी खाने अर्थात रक्षा बन्धन लगाउने विशेष दिनको रुपमा मानिदै आएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बदशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु यसबाट तिमी सुरक्षित बन विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परालाई निरन्तर रुपमा मान्दै आएको छ ।

यस दिन मनाउने गरिन्छ। यस दिनमा मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । साथै यसै दिन जनाई फेर्ने पनि परम्परा रहेको छ। यस दिनलाई शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो ।

यस दिनमा सप्‍तर्षिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्‍ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । यस दिनमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षयामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ । त्यसकारण क्वाँटीलाई मानव शरीरको लागि फाइदाजनक रहेको छ ।

तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ ।

प्रकाशित मिति : २०७५, ९ भाद्र शनिबार  ९ : ५८ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ