२०८२, १३ फाल्गुन बुधबार

झापमा सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

झापमा सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर


बनियानी, झापा, ६ : भदौ झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेका छन् ।

कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गर्नुभएको छ ,उहाँले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गर्नुभएको हो । ‘न धानको ब्याड राख्नुपर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भन्नुभयो, “पहिला धेरै खेताला लगाउनुपथ्र्यो, त्यो भन्दा पनि काम गर्ने मान्छे नै नपाइने, नयाँ तरिकाले खेती गर्दा खर्च पनि कम भएको छ ।” उहाँले आधुनिक कृषि प्रविधि र कृषि आंैजारको प्रयोगबाट राम्रो उत्पादन गर्न सकिने बताउनुभयो ।

सुपरजोन परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा उहाँले एउटा पावरट्रेलरसमेत खरिद गर्नुभएको छ । खेत जोत्ने, सम्याउने र धान काट्ने तीन वटै काम उक्त मेसिनबाट हुने उहाँले बताउनुभयो । त्यस्तै, उहाँले जैविक मल उत्पादनसमेत गर्न थाल्नुभएको छ । गड््यौलाले मलको प्रयोग गरेर अग्र्यानिक कृषिउपज उत्पादन गर्ने उहाँको योजना छ । त्यस्तै, कचनकवल–६ का अर्का किसान डिल्ली नेपालले पनि ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा धानखेती गर्नुभएको छ । उहाँले स्वर्ण १ र लल्का बासमती जातको धान लगाएको बताउनुभयो । ‘उन्नत प्रविधिको प्रयोगले खेती गर्न सहज भएको छ’, उहाँले भन्नुभयो, “कम खर्चमै राम्रो उत्पादन लिन सकिने भएपछि यसतर्फ लागे” । कचनकल–७ जुनेली कृषि सहकारी संस्थाका व्यवस्थापक अर्जुन लामाले खर्च घट्ने र उत्पादन बढ्ने बुझेपछि सहकारी आवद्ध कृषि आधुनिक प्रविधितर्फ आकर्षित भएको बताउनुभयो ।

‘अहिले धेरै कृषकले पावरट्रेलरको माग गरेका छन्, खेती गर्ने शैली नै परिवर्तन भइसक्यो’, जुनेलीमा ३९४ कृषक आवद्ध रहेको बताउँदै लामाले भन्नुभयो, “अहिले २०÷२१ घरमा मुस्किलले एक हल गोरु पाइन्छ ।” यस वर्ष सुपरजोन क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । यहाँ नौ हजार हेक्टरमा धानखेती गरिएको छ । जसमध्ये दुई हजार हेक्टरमा सुपरजोनमा आवद्ध किसानले धानखेती गरेको सुपरजाने परियोजना कार्यान्वयन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमलसेनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ४ : २८ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली