२०८३, ३१ भाद्र बिहीबार

राउटे मुखिया भन्छन् मेरा जनता खुशी हुने भए, यो भत्ता पहिलाको उधारो तिर्नमै ठिक्क हुन्छ

राउटे मुखिया भन्छन् मेरा जनता खुशी हुने भए, यो भत्ता पहिलाको उधारो तिर्नमै ठिक्क हुन्छ


दैलेख, ६ भदौ राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् । गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो ।

राउटे समुदायका १५२ जनालाई सामाजिक सुरक्षा भत्ताबापत जनही रु दुई हजारका दरले रकम वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । “गाउँपालिकाले राउटेलाई पहिलो पटक मासिक भत्ता उपलब्ध गराएको हो,” उहाँले भन्नुभयो । फिरन्ते शैलीमा जीवनयापन गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले गत असार ३० गते परिचयपत्र वितरण गरेको थियो । परिचयपत्र वितरण गरेसँगै साउन महिनाको भत्ता उपलब्ध गराएको अध्यक्ष ओलीले बताउनुभयो ।

“सरकारलाई धन्यवाद छ, हामीले मासिक भत्ता पाउन थाल्यौँ,” राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, “अब मेरा जनता खुशी हुने भए ।” खानेकुराको जोहो गर्न खर्च नहुँदा उधारोमा काम चलाएको उहाँले सुनाउनुभयो । “यो भत्ता पहिलाको उधारो तिर्नमै ठिक्क हुन्छ,” उहाँले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ८ : २५ बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर