२०८३, २६ आश्विन मंगलबार

सरकारी अनुगमनको विरोधमा उत्रिए व्यवसायी,भोलिदेखि कालीमाटीका तरकारी पसल बन्द गर्ने चेतवानी

सरकारी अनुगमनको विरोधमा उत्रिए व्यवसायी,भोलिदेखि कालीमाटीका तरकारी पसल बन्द गर्ने चेतवानी


काठमाडौं, ४ भदौं । कालिमाटी बजारमा मंगलबार सबै तरकारी पसलहरु बन्द हुने भएका छन् । सरकारी अनुगमनको विरोधमा तरकारी व्यवशायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

बिहान तरकारी विक्रीवितरण गरे लगत्तै सबै पसलहरु बन्द गर्ने निर्णय भएको तरकारी फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागको टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो । त्यसक्रममा विल विजक नभएको भन्दै दुई वटा गाडीलाई नियन्त्रणमा लियो । तर, व्यवसायीहरुले अनुगमन टोलीलाई तरकारी बजार विकास समितिको कार्यालयमै थुनेको थियो । बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव समेत अनुगमनमा पुगेका थिए । महासंघका महासचिव भरत खतिवडा लगायत केहि व्यवशायी पक्राउमा परेका छन् ।

तर, सरकारले तरकारी बजारमा हस्तक्षेप गरेको भन्दै महासंघले आन्दोलन घोषणा गरेको छ । काठमाडौं बाहिर भने व्यवसायीले हातमा कालोपट्टी बाँधेर काम गर्ने महासंघले बताएको छ

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १० : ११ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका