२०८२, २ कार्तिक शनिबार

सरकारी अनुगमनको विरोधमा उत्रिए व्यवसायी,भोलिदेखि कालीमाटीका तरकारी पसल बन्द गर्ने चेतवानी

सरकारी अनुगमनको विरोधमा उत्रिए व्यवसायी,भोलिदेखि कालीमाटीका तरकारी पसल बन्द गर्ने चेतवानी


काठमाडौं, ४ भदौं । कालिमाटी बजारमा मंगलबार सबै तरकारी पसलहरु बन्द हुने भएका छन् । सरकारी अनुगमनको विरोधमा तरकारी व्यवशायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

बिहान तरकारी विक्रीवितरण गरे लगत्तै सबै पसलहरु बन्द गर्ने निर्णय भएको तरकारी फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागको टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो । त्यसक्रममा विल विजक नभएको भन्दै दुई वटा गाडीलाई नियन्त्रणमा लियो । तर, व्यवसायीहरुले अनुगमन टोलीलाई तरकारी बजार विकास समितिको कार्यालयमै थुनेको थियो । बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव समेत अनुगमनमा पुगेका थिए । महासंघका महासचिव भरत खतिवडा लगायत केहि व्यवशायी पक्राउमा परेका छन् ।

तर, सरकारले तरकारी बजारमा हस्तक्षेप गरेको भन्दै महासंघले आन्दोलन घोषणा गरेको छ । काठमाडौं बाहिर भने व्यवसायीले हातमा कालोपट्टी बाँधेर काम गर्ने महासंघले बताएको छ

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १० : ११ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी