२०८३, २१ भाद्र सोमबार

मोरङमा सुधारिएको चुलो वितरण

मोरङमा सुधारिएको चुलो वितरण


विराटनगर, ३ भदौ : खाना पकाउँदा स्वासप्रश्वास रोगवाट झेलिँदै आएको मोरङ जिल्लाको ग्रामीण क्षेत्रका महिला सुधारिएको चुलो प्रयोग गर्न थालेको छन् । विगतमा मोरङ जिल्लाको दक्षिण ग्रामीण क्षेत्रका महिला परम्परागत रुपमा माटो चुलो प्रयोग गरी खाना पकाउने गरेकामा अब उनीहरु इन्धनको बचत हुने सुधारिएको चुलोको प्रयोगमा आकर्षण बढिरहेको छ ।

परम्परागत माटोको चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई मोरङको धनपालथान गाउँपालिकाले सुुधारिएको धुुवाँरहित चुुलो वितरण गरिरहेको छ । दाउरालगायत अन्य इन्धनको कम खापत हुने धुवाँरहित र छिटो मीठो खाना पकाउनका लागि ग्रामीण क्षेत्रका महिलाको पहिलो रोजाइ अब सुधारिएको चुलो रहेको छ ।

यस ग्रामीण क्षेत्रमा लामो समयदेखि परम्परागत चुलो प्रयोग गर्दै बिहान बेलुकी खाना पकाउन एक भारी दाउरालगायत गुइँठा इन्धनका रुपमा प्रयोग गर्दै आएका महिला सुुधारिएको चुुलोतर्फको आकर्षण बढेको हो । परम्परागत चुुलोमा खाना पकाउँदा दाउराको जोहो धेरै गर्नुका साथै त्यसबाट आउनु धुुवाँले महिलाको स्वासप्रश्वासको रोगसमेत लाग्ने गरेको छ ।

स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि यस क्षेत्रका महिला सुुधारिएको चुुलो प्रयोगमा वृद्धि भएको छ । मोरङ धनपालथान गाँउपालिका–४ की बुचिनीदेवी ऋषिदेवले सुधारिएको चुलो प्रयोगबाट इन्धनको कम खपतका साथै स्वास्थ्यमा पनि कम असर परेको बताउनुभयो । सोही वडाकी राधादेवी ऋषिदेवले सुधारिएको चुुलोको प्रयोगबाट कम समयमा मीठो खाना पाक्नुका साथै धुवाँको समस्याबाट मुक्त भएको धारणा व्यक्त गर्नुभयो ।

सुधारिएको चुलोको प्रयोगबाट धुवाँबाट लाग्ने रोगबाट समेत यस क्षेत्रका महिला मुुक्त भएका छन् । धनपालथान गाउँपालिकाले एलपी ग्यास प्रयोग गर्न असक्षम गरिबीका रेखामुनि रहेका महिलाको स्वास्थ्यप्रति सचेत भई गरीब, दलित, एकल तथा अति विपन्न वर्गका ७०० महिलालाई धुवाँरहित सुुधारिएको चुुलो वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष हरिलाल सिंहले परम्परागत चुलोबाट खाना पकाउँदा यस क्षेत्रमा गरीब महिलालाई स्वास्थ्य समस्या आउन नदिन सुुधारिएको चुुलो वितरण गरेको बताउनुुभयो । उहाँले पहिलो चरणमा ७०० चुुलो वितरण गरेको भन्दै आगामी दिनमा पराम्परगत चुलो प्रयोग गर्ने सबै महिलालाई सुुधारिएको चुलो वितरण गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाले महिलाको स्वास्थ्यप्रति सजग भई इन्धनको बचत, सस्तो र वातावरण अनुुकूलित सुुधारिएको चुुलो वितरण गरिएको अध्यक्ष सिंहको धारणा रहेको छ । वडाध्यक्ष रोशन राजवंशीले यस क्षेत्रका महिलाले खाना पकाउने इन्धनको खोजबिनमा दिनभरि लाग्ने समयको बचत तथा स्वास्थ्यमा असर नगर्नाले सुधारिएको चुलोप्रति महिलाको आकर्षण वृद्धि भएको विचार व्यक्त गर्नुभयो । सुधारिएको चुलो प्रतिथान मूल्य रु दुई हजार २०० पर्छ भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु एक हजार ५००, गाउँपालिकाले रु ४०० अनुदान दिने गरेको छ भने प्रयोग गर्ने उपभोक्ता महिलाले रु ३०० भुक्तानी गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : ११ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको