२०८३, २८ श्रावण शुक्रबार

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

शेयर बजारमा दोहोरो अङ्कले गिरावट


काठमाडौँ, ३ भदौ : शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो । आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ । स्टकका अनुसार बैंकिङ ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, जलविद्युत् ११.३, फाइनान्स ५.४८, निर्जीवन बीमा १०३.२६, उत्पादन १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ र जीवन बीमा ६४.८६ बिन्दुले घटेको छ । नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ५ : २१ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय