२०८३, २८ श्रावण शुक्रबार

सरकारले यातायात व्यवसायीका सङ्घ र समिति खारेज गरे पन्ध्र हजार श्रमिक रोजगारीबाट विस्तापित हुने

सरकारले यातायात व्यवसायीका सङ्घ र समिति खारेज गरे पन्ध्र हजार श्रमिक रोजगारीबाट विस्तापित हुने


काठमाडौँ, ३ भदौ नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ ।

सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताउनुभयो ।

सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ ।
सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ९ : ०० बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय