२०८२, १३ फाल्गुन बुधबार

आयल निगम मासिक ५० करोड घाटामा, डलरको भाउ बृद्धिको असर

आयल निगम मासिक ५० करोड घाटामा, डलरको भाउ बृद्धिको असर


काठमाडौं, भदौ ३ : नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ ।

गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो ।नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।

अर्कातर्फ भने अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि गर्नको लागि मद्दत पुगेको छ । डलरको विनिमयदरमा प्रतिडलर वृद्धि हुँदा निगमले अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार निगमले आईओसीलाई भुतानी गर्नुपर्ने हुँदा निगमलाई थप नोक्सान थपिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताए ।
-नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : ३९ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर