२०८३, ८ कार्तिक आईतबार

स्थानीय तहको नमुना काम, टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

स्थानीय तहको नमुना काम, टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता


बैतडी, २ भदौ : देशभरिका स्थानीय तहले नागरिकलाई मनोमानी ढंगले कर थोपारेको आलोचना खेपिरहेको बेला बैतडीको दोगडाकेदार गाउँपालिकाले भने चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने निर्याण गरेको छ ।

टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं” टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताउनुभयो ।

गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । १८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट रु दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना