२०८३, ३१ जेष्ठ सोमबार

वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि


नयाँ दिल्ली, भारत, १ भदौ: हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उहाँको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिनु भएको थियो ।

भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको बिहीबार बेलुका ५ बजेर ५ मिनेट जाँदा देहान्त भएको थियो । झण्डै नौ हप्तादेखि उहाँको अल इन्डीया इन्ष्टीच्युड अफ मेडिकल साइन्स (एम्स)मा उपचार गरिएको थियो । उपचार सफल नभएपछि बिहीबार ९३ बर्षको उमेरमा वाजपेयीको निधन भएको हो । अन्त्येष्टि समारोहमा राष्ट्रपति राम नाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, उपराष्ट्रपति भेनकाय नाइडु, गृह मन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टी (विजेपी)का अध्यक्ष अमित शाह, रक्षा मन्त्री निर्मला सितारमण, विजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी लगायतका विशिष्ट व्यक्ति तथा नेताहरु सहभागी हुनुभएको थियो ।

त्यसैगरी भूटानका राजा जिङमे केसर नाम्गेल वाङचुक, बङ्लादेशका विदेश मन्त्री अबुल असन मोहमुद अली, श्रीलङकाका कार्यबहाक विदेश मन्त्री लक्ष्मण किरएला र अफगानिस्तानका पुर्व राष्ट्रपति हमिद कार्जाइ पनि वाजपेयीको अन्त्यष्टी समारोहमा सहभागी हुनुभएको थियो । निधनपछि बिहीबार राती वाजपेजीको शव दिल्लीमा रहेको उहाँको निवासमा राखिएको थियो भने उहाँलाई श्रद्धाञ्जलि दिन शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो । त्यसपछि उहाँको शवयात्रा निकालेर अन्त्येष्टी स्थलमा लगिएको थियो । तीन पटक मुलुकको प्रधानमन्त्री बन्नु भएका प्रिय नेता वाजपेयीको अन्तिम विदाईपछि भारतमा अहिले शोक छाएको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  १० : ३७ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क