२०८२, २२ माघ बिहीबार

पाटन कृष्ण मन्दिरको पुनःनिर्माण सकियो , कृष्णाष्टमीमा खुला गरिने

पाटन कृष्ण मन्दिरको पुनःनिर्माण सकियो , कृष्णाष्टमीमा खुला गरिने


ललितपुर, १ भदौ : पाटन कृष्ण मन्दिरको पुनःनिर्माण सकिएको छ । पुनःनिर्माण सकिएकाले कृष्णाष्टमीमा सर्वसाधारणका लागि खुला गरिने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पका कारण पाटन दरबार क्षेत्रमा रहेका अरु सम्पदासँगै सो मन्दिर क्षतिग्रस्त बनेको थियो । उहाँ भन्नुहुन्छ, “कृष्ण अष्टमीका दिनमा लाखौँ भक्तजन दर्शनका लागि आइपुग्ने भए पनि मन्दिरको माथिल्लो तलामा प्रवेश गर्न पाएका थिएनन् ।”

मन्दिर निर्माणको काम सकिएकाले यस वर्ष दशनार्थीभित्र गएर दर्शन गर्न पाउने कार्यालयका प्रमख काजीमान प्याकुरेलले बताउनुभयो । मन्दिरमा अहिले पाता राख्ने काम मात्रै बाँकी छ । त्यो सकिएपछि मन्दिरमा समापन पूजा गरिने उहाँले बताउनुभयो । कृष्ण मन्दिरसँगै निर्माण भएका स्मारकको छिट्टै कार्यक्रम गरेर खुला गरिने छ । उहाँले भन्नुभयो, “एक दुई वर्ष लाग्ने स्मारक छाडेर निर्माण अन्तिममा पुगेका स्मारकको कार्यक्रमबाट निर्माण सकिएको घोषणा हुनेछ ।” आगामी साता विशिष्ट व्यक्ति ल्याएर कृष्ण मन्दिरको समापन गर्ने कार्यालयको योजना छ ।

मन्दिरको पुनःनिर्माण चाँडो सकाउनका लागि धेरैले चासो देखाएका थिए । स्थानीयवासी मात्रै नभएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत ऐतिहासिक धरोहरको निर्माण चाँडो सक्ने चासो देखाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैको चासो र चिन्ताले गर्दा मन्दिर निर्माण सकिएर कृष्ण अष्टमीमा खुला हुँदैछ ।”

यहाँका अरु आठ स्मारकसँगै कृष्ण मन्दिरको पुनःनिर्माणको काम काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले गरिरहेको छ । कोषले भूकम्प आउनुभन्दा दुई तीन वर्ष पहिलेदेखि नै यहाँका स्मारकको मर्मत तथा पुनःनिर्माण गरिरहेको छ । मन्दिर पुनःनिर्माणका क्रममा धेरै निर्माण सामग्री पुरानै प्रयोग भएको छ । यहाँ भएका फुटेर वा मक्किएर प्रयोग गर्न नमिल्ने अवस्थामा भएका सामग्रीबाहेक अरु मर्मत गरेर प्रयोगमा ल्याइएको छ । उहाँ भन्नुहुन्छ, “एकातिर पुराना सामग्री बलियो छ भने अर्कातिर यसले परम्परागत स्वरुप थोरै पनि बदलिँदैन ।” स्मारक पुनःनिर्माणका क्रममा प्रयोग हुन नसकेका सामग्री भने सङ्ग्रहालयमा राखिने भएको छ ।

कतिपय सम्पदाका निर्माण सकिएको र कतिको सकिने चरणमा छन् । दुई मणिमण्डप, बहादुर शाहको बैठक, योगनरेन्द्र मल्लको स्तम्भ र शालिक स्तम्भको पुनःनिर्माण सकिएको छ । यहाँका चोकभित्र भएका क्षतिमा पनि पुनःनिर्माण भइरहेको छ । मूलचोकको तलेजु मन्दिर र सुन्दरीचोकको पूर्वी भागको पनि काम सकिसकेको छ । दरबार क्षेत्रमा नै रहेका चार नारायण मन्दिर र हरिशंकर मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । प्रमुख प्याकुरेलले भन्नुभयो, “यी स्मारकको काम सकिन एक दुई वर्ष लाग्नेछ ।”

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिर महत्वपूर्ण मानिन्छ । ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रुपमा मानिन्छ । मन्दिरमा २१ गजुर छन् । सत्रौँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका थिए । राजाले अहिले मन्दिर भएको स्थानमा कृष्ण भगवान्जस्तै विराजमान भएको देखेपछि मन्दिर बनाउन लगाएको भनाइ पाइन्छ । राजालाई कृष्णभक्त राजा मानिन्छ । मन्दिरमा रामायणको पूरा कथा समेटी लेखिएको बताइन्छ । उनले कृष्ण मन्दिर निर्माणसँगै कृष्णलीलामा आधारित नाच सञ्चालन गरेका थिए जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तलाको छ । बीचको तलामा कृष्णको मूर्ति छ । मूर्तिको वरिपरि विष्णुका १० अवतार मूर्ति छन् । मन्दिरका थाममा विभिन्न देवीदेवताका मूर्ति कुँदिएका छन् ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ९ : ०० बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले