२०८३, १ आश्विन शुक्रबार

जनकपुरधाममा झुला उत्सव शुरु

जनकपुरधाममा झुला उत्सव शुरु


जनकपुरधाम, २९ साउन: जनकपुरधाममा झुला उत्सव आजदेखि शुरु भएको छ । सांस्कृतिक परम्पराका रूपमा जनकपुरधामलगायत प्रायः अन्य मठमन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा सीताराम र राधाकृष्णका मूर्ति राखी झुलाउने गरिन्छ । झुला उत्सवको पहिलो दिनलाई मणि पर्वतको झुला भनिन्छ । सो दिन जनकपुरधामका ५२ कुटीबाट डोलामा सीतारामका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्वारा शुरुआत गरिन्छ ।

जनश्रुतिअनुसार सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरूप झुला उत्सवको प्रारम्भमा रङ्गभूमिमा आज पनि मणि पर्वत मनाउने परम्परा रहेको छ । मणि पर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राम मन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखी झुलाउने गरिन्छ । सो दिन श्रद्धालुहरूको सहभागिता अधिक हुने गरेका कारण रङ्गभूमिमा मेलाको रूप दृष्टिगोचर हुन्छ ।

झुला उत्सवको शुरुआत सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ । सन्तहरू खुला चौरमा अथवा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसैबेलादेखि शुरुआत भएको अनुमान गरिन्छ । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट नै झुला जनकपुरधाममा आएको बताइन्छ । यो उत्सव जनकपुरधाम एवम् यस क्षेत्रका प्रत्येक मठमन्दिरमा मनाइए पनि जानकी र राम मन्दिरमा विशेष किसिमले मनाइन्छ । जानकी मन्दिरमा विशेष प्रकारका तीन वटा सिंहासनमा सीतारामको झुलाउने गरिन्छ भने राम मन्दिरको झुला उत्सवका लागि गङ्गासागर र धनुषसागरको मध्यमा निर्माण गरिएको झुलाघरमा भुला उत्सव अवधिभरि नै विशेष किसिमले मनाइने गरिएकामा समाज विकासका नाममा यस परम्परालाई हटाउँदै राम मन्दिरमा सीमित गरिएको छ ।

जनकपुरधाममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको पनि कथन पाइन्छ । दासको आगमनको समय सन् १७३० मानिन्छ । जनकपुरस्थित लक्ष्मण मन्दिर, दुलहा दुलही, रत्नसागर, रसिक निवास र अग्निकुण्ड मन्दिरको झुला उत्सव पनि लोकप्रिय रहेको छ । मठमन्दिरका अतिरिक्त कतिपय श्रद्धालुले आफ्ना घरमासमेत भगवान्लाई झुलामा राखी झुलाउने गरेको पाइन्छ । यस अवसरमा विविध प्रकारका भजन, कीर्तन, गीतनाद, नाचगान आदि गरी मनोरञ्जन गरिन्छ । यसको समाप्ति साउन पूर्णिमाका दिन हुन्छ । पूर्णिमाको रातभरि झुला झुलाइन्छ तथा अन्तिम प्रहरमा डोरी काटेर यस उत्सवको विसर्जन गरिन्छ । यस दिनलाई डोरी काटब पनि भनिन्छ ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ७ : ३८ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी