२०८३, ६ कार्तिक शुक्रबार

आपराधिक क्रियाकलाप संलग्न ६५ भारतीय फरार, फैसला कार्यान्वयन हुन सकेन

आपराधिक क्रियाकलाप संलग्न ६५ भारतीय फरार, फैसला कार्यान्वयन हुन सकेन


चितवन, २३ साउन : आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरे पनि कार्यान्वयन हुन नसकेको हो । अदालतका तहसिलदार धनीराम चापागार्इंका अनुसार १० जनाको कैद भुक्तान, ३६ जनाको जरिवाना असुल र १९ जनाको जरिवाना र कैद भुक्तान दुवै हुन बाँकी छ । विगत लामो समयदेखि भएको फैसला कार्यान्वयन हुन नसकेको हो ।

उनीहरुविरुद्ध लागुऔषध, जबर्जस्तीकरणी, चोरीलगायतका मुद्दा फैसला भएका हुन् । अदालतले प्रहरीसँग सहकार्य गरेर फैसला कार्यान्वयन विशेष अभियान सञ्चालन गरेको भए पनि विदेशी नागरिक पक्राउ पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार नेपालमा नभेटिएका गम्भीर अपराध गरेका विदेशी अपराधीलाई इन्टरपोलमार्फत् सूचना जारी गरेर झिकाइने बताउनुभयो ।

अदालतबाट फैसला भएका गम्भीर अपराधका नभएकाको हकमा भने प्रहरीले इन्टरपोलको सहायता नपाउने भएकाले कार्यान्वयनमा ल्याउन कठिन हुने गरेको छ । अदालतमा हालसम्म कैद र जरिवाना भुक्तानी गर्न चार हजार १७६ जना नेपाली बाँकी रहेका छन् । अदालतले दिएको जानकारीअनुसार ४४७ जनाको कैद, दुई हजार ७४० जनाको जरिवाना र ९८९ जनाको कैद तथा जरिवाना दुवै भुक्तान गर्न बाँकी छ ।

अदालतले गत वर्ष फरार रहेका २२९ जनाको १२ वर्ष १० महिना आठ दिन कैद र रु १९ लाख सात हजार ४३१ जरिवाना असुल गरेको छ । सात जनाको कैद, ११३ जनाको जरिवाना र नौ जनाको दुवै सजाय असुल गरेको अदालतले जनाएको छ ।

अदालतले नेपाली र विदेशी गरी चार हजार २४० जनाको रु ११ करोड ८९ लाख ९३ हजार १३ जरिवाना र दुई हजार १८४ वर्ष नौ महिना २९ दिन कैद असुल गर्न बाँकी रहेको उल्लेख गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले रु दुई करोड ३१ लाख २२ हजार ७९५ जरिवाना र ९०४ वर्ष ११ महिना कैद असुल गरेको थियो । गत आवमा अदालतमा फैसला कार्यान्वयन गर्न ३५० निवेदन परेकामा २५९ निवेदन कार्यान्वयन भएको र ९१ बाँकी रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ६ : ४४ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट