२०८३, २६ बैशाख आईतबार

आपराधिक क्रियाकलाप संलग्न ६५ भारतीय फरार, फैसला कार्यान्वयन हुन सकेन

आपराधिक क्रियाकलाप संलग्न ६५ भारतीय फरार, फैसला कार्यान्वयन हुन सकेन


चितवन, २३ साउन : आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरे पनि कार्यान्वयन हुन नसकेको हो । अदालतका तहसिलदार धनीराम चापागार्इंका अनुसार १० जनाको कैद भुक्तान, ३६ जनाको जरिवाना असुल र १९ जनाको जरिवाना र कैद भुक्तान दुवै हुन बाँकी छ । विगत लामो समयदेखि भएको फैसला कार्यान्वयन हुन नसकेको हो ।

उनीहरुविरुद्ध लागुऔषध, जबर्जस्तीकरणी, चोरीलगायतका मुद्दा फैसला भएका हुन् । अदालतले प्रहरीसँग सहकार्य गरेर फैसला कार्यान्वयन विशेष अभियान सञ्चालन गरेको भए पनि विदेशी नागरिक पक्राउ पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार नेपालमा नभेटिएका गम्भीर अपराध गरेका विदेशी अपराधीलाई इन्टरपोलमार्फत् सूचना जारी गरेर झिकाइने बताउनुभयो ।

अदालतबाट फैसला भएका गम्भीर अपराधका नभएकाको हकमा भने प्रहरीले इन्टरपोलको सहायता नपाउने भएकाले कार्यान्वयनमा ल्याउन कठिन हुने गरेको छ । अदालतमा हालसम्म कैद र जरिवाना भुक्तानी गर्न चार हजार १७६ जना नेपाली बाँकी रहेका छन् । अदालतले दिएको जानकारीअनुसार ४४७ जनाको कैद, दुई हजार ७४० जनाको जरिवाना र ९८९ जनाको कैद तथा जरिवाना दुवै भुक्तान गर्न बाँकी छ ।

अदालतले गत वर्ष फरार रहेका २२९ जनाको १२ वर्ष १० महिना आठ दिन कैद र रु १९ लाख सात हजार ४३१ जरिवाना असुल गरेको छ । सात जनाको कैद, ११३ जनाको जरिवाना र नौ जनाको दुवै सजाय असुल गरेको अदालतले जनाएको छ ।

अदालतले नेपाली र विदेशी गरी चार हजार २४० जनाको रु ११ करोड ८९ लाख ९३ हजार १३ जरिवाना र दुई हजार १८४ वर्ष नौ महिना २९ दिन कैद असुल गर्न बाँकी रहेको उल्लेख गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले रु दुई करोड ३१ लाख २२ हजार ७९५ जरिवाना र ९०४ वर्ष ११ महिना कैद असुल गरेको थियो । गत आवमा अदालतमा फैसला कार्यान्वयन गर्न ३५० निवेदन परेकामा २५९ निवेदन कार्यान्वयन भएको र ९१ बाँकी रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ६ : ४४ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे