२०८१, ३ फाल्गुन शनिबार

अनसनरत डा. केसीका वार्ताकारसँग सरकारको सात बुँदे सहमति, अनसन तोडिँदै

अनसनरत डा. केसीका वार्ताकारसँग सरकारको सात बुँदे सहमति, अनसन तोडिँदै


१० साउन, काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि २७ दिन अघि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका डा गोविन्द केसीको वार्ता टोलीसँग सरकारकाले ७ बुँदे सहमति गरेको छ । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि डा. केसीले २७ दिनअघि जुम्लाबाट अनसन बस्न शुरु गरेका थिए ।

अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्तामा सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । डा. केसीको वार्ता टोलीसँग भएको सहमतिपछि नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै डा केसीलाई भेट्न जाँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग सहमतिका लागि सन्देश पठाएसँगै सिँहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई पक्षबीच वार्ता सुरु भएको थियो । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङमार्फत् सरकारी वार्ताटोलीलाई डा केसीसँग सहमतिका लागि सन्देश पठाएका थिए।

डा. केसीको वार्ता टोलीमा डा. अभिषेक सिंह, अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल सहभागी थिए। डा.केसीका तर्फबाट वार्तामा सहभागी भण्डारीले सहमति भएको जनाए । उनका अनुसार केसीलाई जानकारी गराएपछि सहमतिपत्रमा हस्ताक्षर हुने र अनशन तोडिनेछ ।

प्रकाशित मिति : २०७५, १० श्रावण बिहीबार  ७ : ०३ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले