२०८२, ३२ श्रावण आईतबार

अनसनरत डा. केसीका वार्ताकारसँग सरकारको सात बुँदे सहमति, अनसन तोडिँदै

अनसनरत डा. केसीका वार्ताकारसँग सरकारको सात बुँदे सहमति, अनसन तोडिँदै


१० साउन, काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि २७ दिन अघि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका डा गोविन्द केसीको वार्ता टोलीसँग सरकारकाले ७ बुँदे सहमति गरेको छ । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि डा. केसीले २७ दिनअघि जुम्लाबाट अनसन बस्न शुरु गरेका थिए ।

अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्तामा सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । डा. केसीको वार्ता टोलीसँग भएको सहमतिपछि नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै डा केसीलाई भेट्न जाँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग सहमतिका लागि सन्देश पठाएसँगै सिँहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई पक्षबीच वार्ता सुरु भएको थियो । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङमार्फत् सरकारी वार्ताटोलीलाई डा केसीसँग सहमतिका लागि सन्देश पठाएका थिए।

डा. केसीको वार्ता टोलीमा डा. अभिषेक सिंह, अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल सहभागी थिए। डा.केसीका तर्फबाट वार्तामा सहभागी भण्डारीले सहमति भएको जनाए । उनका अनुसार केसीलाई जानकारी गराएपछि सहमतिपत्रमा हस्ताक्षर हुने र अनशन तोडिनेछ ।

प्रकाशित मिति : २०७५, १० श्रावण बिहीबार  ७ : ०३ बजे

भारतका ७० प्रतिशत सामानमा अमेरिकी ५० प्रतिशत करको प्रभाव

काठमाडौं । भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरूमा

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश

रास्वपाको पपुलिज्मको अवशान भईसक्यो महासचिव पोखरेल

कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको लोकप्रियताले प्रचण्डमा छटपटी : महासचिव पोखरेल

कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र

एमालेमा ‘देखाइदिन्छु’ भन्ने भीम रावल आफैँ सकिए : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी नेतृत्त्वविरुद्ध