२०८२, ७ चैत्र आईतबार

तेमालको सरस्वती आधारभूत विद्यालयमा ज्याम्याङ र प्रदिपले झ्वाम पारे ७ लाख ५० हजार

तेमालको सरस्वती आधारभूत विद्यालयमा ज्याम्याङ र प्रदिपले झ्वाम पारे ७ लाख ५० हजार


तेमाल । काभ्रेको तेमाल गाउँपालिका सस्र्यूखर्क २ ल्हप्सेमा रहेको सरस्वती आधारभुत विद्यालयका अध्यक्ष ज्याम्याङ लामाले विद्यालय भवन निर्माणका लागि आएको ७ लाख ५० हजार रुपैया झ्वाम पारेका छन् ।

भुकम्पले जिर्ण भएको विद्यालयलाई तत्कालिन जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यन्वयन इकाई काभ्रेको सहयोगमा तिन कोठे टस निर्माणका लागि आएको रकम विद्यालय नै निर्माण नगरी रकम कुम्ल्याएका हुन् । विद्यालयको तीन कोठे भवन पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७४, ०७५ भित्र सम्पन्न गर्नुपर्ने गरी ३१ लाख ८ हजार ५१ रुपैयाँ रकम विनीयोजन भएको थियो ।

 

विद्यालयमा अनियमितता भएको भन्दै स्थानीय युवाहरुले छानविनको माग गदै जिल्ला प्रशासन कार्यालय, धुलिखेलमा उजुरी समेत दर्ता गरेका छन् । उनीहरुले यसअघि पनि गाउँमा आएको विभिन्न विकास निर्माणहरुमा समेत अनियमितता गरेको खुल्दै आएपछि ढाकछोप गर्नकै लागि नेपाली काँग्रेस प्रवेश गरेका थिए ।

ज्याम्याङ १७ वर्षदेखि उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुँदै आएको छन् । अध्यक्ष ज्याम्याङले विद्यालय भवन निर्माणको जिम्मा दिएको तेमाल गाउँपालिका –५ निवासी प्रदीप तामाङलाई दिएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए । जिल्ला आयोजना कार्यन्वयन इकाइले पहिलो किस्ता ७ लाख ५० हजार रकम उक्त विद्यालयको खातामा हालेको थिए। विद्यालयको खातामा जम्मा भएको रकम अध्यक्ष ज्याम्याङ लामा र निर्माणका लागि जिम्मा लिएका प्रदिप लामाले विद्यालय भवन निर्माणस्थल थोरै सम्याएर रकम अनियमितता गरेका हुन् ।

जिल्ला प्रसाशन कार्यालयमा उजुरी पछि अध्यक्ष ज्याम्याङले ७ लाख ५० हजार रकम अनियमितता गरेको स्वीकार गरेका छन् । उनले दुइ सातााभित्र सबै काम सम्म्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अध्यक्ष ज्याम्याङले आफु विरुद्धमा उजुरी हाल्ने स्थानीय युवाहरुलाई ज्यान मार्ने धम्की समेत दिदै आएका छन् ।

प्रकाशित मिति : २०७५, ७ श्रावण सोमबार  १० : ३९ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको