२०८२, १३ फाल्गुन बुधबार

काभ्रेमा बाढीले पुष्प खेतीमा २ करोड बढीको क्षति (फोटो फिचर)

काभ्रेमा बाढीले पुष्प खेतीमा २ करोड बढीको क्षति (फोटो फिचर)


गएको बिहिबार राति अविरल बर्षासँगै आएको बाढीले काभ्रेपलाञ्चोक जिल्लामा पुष्प ब्यवसाय नराम्ररी प्रभावित बनेको छ । फ्लोरिकल्चर एशोसिएन अफ नेपाल काभ्रेका अनुसार उक्त दिनको बाढीले २ करोड ४२ लाख ५० हजार मूल्य बराबरको फूल खेतीमा क्षति पुगेको हो ।पुण्यमाता खोलामा आएको बाढीले सबैभन्दा बढी धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको होरिजन नर्सरी प्रभावित भएको छ । नर्सरीका सञ्चालक विरेन्द्र श्रेष्ठका अनुसार कार्नेशन जातको फूलको ३० हजार वटा विरुवा र २ हजार वटा लिमूनियन फूलका विरुवा बाढीबाट नोक्सानी भएका छन् ।

बाढीले क्षति पुर्याएको कार्नेशन जातको फूलको विरुवा

बाढीले पुण्यमाता खोला आसपास सञ्चालनमा रहेका अधिकांश पुष्प फार्म प्रभावित भएका छन् । बाढीबाट जर्बेरा, गुलाफ, गोदावारी, एस्टोमारिया र सयपत्रीका गरी ५५ हजार ५ सय बोट विरुवामा क्षति पुगेको फ्लोरिकल्चर एशोसिएन अफ नेपाल काभ्रेका सचिव भेष बहादुर दनुवारले जानकारी दिए ।

बाढीले क्षति पुर्याएको गुलाफ फूलको विरुवा

बाढीले पुर्याएको क्षतिको शनिबार पुष्प विकास केन्द्र गोदावरीका केन्द्र प्रमूख द्रोणनाथ काफ्ले, फ्लारेकिल्चर एशोसिएन अफ नेपालका केन्द्रिय अध्यक्ष कुमार कसजुसहितको टोलीले स्थलगत निरिक्षण समेत गरेको छ । पुष्प खेतीको बिमा गर्न समेत कानुनी रुपमा समस्या रहेको भन्दै अध्यक्ष कसजुले विपदबाट हुने क्षतिको परिपूर्ती गर्न आगामी दिनमा छुट्टै कोषको ब्यवस्था गरिने बताए । काभ्रे जिल्लामा ब्यवसायीक रुपमा दर्ता भएका १७ वटा पुष्प फार्म रहेका छन् ।

बाढीले सबैभन्दा बढी क्षति पुर्याएको धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको होरिजन नर्सरीमा जानकारी लिदैँ धुलिखेल उद्योग वाणिज्य संघ अध्यक्ष मञ्जु कुमार कोजु

प्रकाशित मिति : २०७५, ३० असार शनिबार  ४ : ५२ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली