२०८२, २१ असार शनिबार

बाख्राको खोरमा अनैतिक सम्बन्ध, पोल खुल्ने डरले प्रत्यक्षदर्शी बालिकाको हत्या

बाख्राको खोरमा अनैतिक सम्बन्ध, पोल खुल्ने डरले प्रत्यक्षदर्शी बालिकाको हत्या


काभ्रे २१ असार । काभ्रेको तेमाल गाउँपालिका–१, आधाबाटमा ९ वर्षिय बालिका एलिसा तामाङको बारा जिल्लाका जोखन मन्सुरले आफ्नो अनैतिक सम्बन्धको पोल खुल्ने डरले निर्ममतापूर्वक हत्या गरेक छन् । बुधबार राती आधाबाटकी मृतक एलिसा तामाङकी फुपू मिना तामाङ समेतको संलग्नतामा हत्या भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल–१, आधाबाटमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीय मिना तामाङबीच भएको अनैतिक सम्बन्ध एलिसाले देखेपछि पोल खुल्ने डरले हत्या गरेको बुझिएको छ । प्रहरीले मृतक एलिसालाई बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा फेला पारेको थियो ।

एलिसाले आफ्नी फुपू मिना र मन्सुरबीच बाख्राको खोरमा अनैतिक सम्बन्ध राखेको देख्ना साथ मन्सुरले तानेर बारीमा लगेको जनाइएको छ । बारीमा मन्सुरले एलिसाको घाँटी थिचि हत्या गर्ने वित्तिकै उनी फरार भएका थिए ।

स्थानीयले एलिसाको हत्या भएको थाहा पाउने वित्तिकै मन्सुरको खोजी गरेका थिए । खोजी गर्ने क्रममा गाडी चढेर बनेपातर्फ आउँदै गर्दा गाउँलेले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको तेमाल गापा वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठले बताए ।

हत्यामा संलाग्न रहेको आरोपमा मन्सुर र मिनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएकी एलिसाको आज पोष्टमार्टम गरी दाहसँस्कार गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५, २१ असार बिहीबार  ९ : ०५ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न